मिति:- १३ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

जिल्ला शिक्षा कार्यालय सिरहाको माहिर शैक्षिक माफियाको कर्तुत बाहिरिदै ।।।

तत्कालीन जिल्ला शिक्षा कार्यालय तथा हालका शिक्षा ईकाइ प्रमुख महतोको सरुवा भएपनि घूस रकम असुली गर्दै आएको खवर बाहिरिएको छ ।

जिल्ला शिक्षा कार्यालय सिरहाको माहिर शैक्षिक माफियाको कर्तुत बाहिरिदै ।।।                                                           

सितल साह भदौ ९ । तत्कालीन जिल्ला शिक्षा कार्यालय तथा हालका शिक्षा ईकाइ प्रमुख महतोको सरुवा भएपनि घूस रकम असुली गर्दै आएको खवर बाहिरिएको छ ।

विगतमा दरबन्दी मिलानको बाहानामा घुसको व्यापक लत बसालेका शिक्षा इकाईमा सरुवा बढुवालाई पनि नियन्त्रण गर्न कम्मर कसेर लागि परेका छन् । सिरहामा आजभोली घुस लतका कारण एक शाखा अधिकृत तलमाथी गर्दै कागजी प्रक्रिया मिलाइरहेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई सिरहाका रामबृक्ष महतोलाई निजामती किताब खानामा सरुवा गरिएको छ,
नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७९÷४÷१५ को निर्णय अनुसार रास्ट्रिय किताब खानामा कार्यरत देखाइरहेको छ ।

महतोको सरुवा भएपनि उनी सिरहा शिक्षा ईकाईमा रकम असुलीमा लागेका छन् साथै उनी निजामती सेवा नियमावली २०५० को नियम ३९ र ४० विपरीत घुस असुली धन्दामा सक्रिय भएर लागिरहेका छन् ।

महतोले शिक्षक सरुवा, बढुवा र कार्यालय कार्यमा नक्कली बील बनाएर घुसखोरीलाई तिब्र पारेको छ ।
नाम सार्वजनिक नगरिदिने सर्तमा एक शिक्षकले महतोको सरुवा भएपनि माथिलो निकायलाई मिलाएर थमोटीको चक्करमा छन् । महतो घुसखोरीमा सक्रिय हुँदा सिरहाका शिक्षक संघसंगठनले विरोध गरेको छ ।
पद्को दुरुपयोग गरि घुसखोरीमा सक्रिय रहेपनि सरोकारबाला निकाय मौन छन् । जहाँ सरुवा भएको २१ दिनभित्र हाजिर हुन नगए बिभागिय कारबाही हुने व्यवस्था छ । महतोको हकमा यो लागु हुन्छ हुँदैन ? एक शिक्षकको प्रश्न छ । यसवारे महतोलाई मोबाइल नम्बर ९८५२८३१५१५ मा सम्पर्क गर्दा स्वीचअफ गरिएको छ ।

विगतमा दरबन्दी मिलानको बाहानामा तत्कालीन कर्मचारीको मिलेमतोमा भएको व्यापक भ्रष्टाचार सम्बन्धी अनुसन्धान गर्नको लागि अख्तियारमा उजुरी पर्दा पनि सत्य तथ्य पत्ता नलगाई कर्मचारी जोगाउने प्रवृत्तिले गर्दा शिक्षामा व्यापक भ्रष्टाचार हुने गरेको अवस्थामा तत्कालीन कर्मचारी रामलखन मण्डल माथि समेत थप अनुसन्धान हुन जरुरी देखिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker