मिति:- ७ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
शिक्षा-स्वास्थसमाचारस्थानीय खबर

लाहान प्राविधिक शिक्षालयकाे बैठक सम्पन्न ।।।

मधेश प्रदेशको सिराहा जिल्लाको लहानमा रहेको प्राविधिक शिक्षालयमा समसामायिक बिषय बस्तुमा आधारित छलफल सम्पन्न भएको छ ।

सितल साह भदाै ३ । मधेश प्रदेशको सिराहा जिल्लाको लहानमा रहेको प्राविधिक शिक्षालयमा समसामायिक बिषय बस्तुमा आधारित छलफल सम्पन्न भएको छ ।

मधेश प्रदेशको नमुनाको रूपमा रहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद अन्तर्गत लाहान प्राविधिक शिक्षालयको का. मु . शिक्षालय प्रमुख राजेन्द्र प्रसाद चौधरीको कार्यकक्षमा आयोजित कार्यक्रममा प्राविधिक शिक्षालयको समसमायिक विषय वस्तुमाथि व्यापक छलफल गरिएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लाल बाबु कवाडी,लाहान नगर प्रमुख महेश चौधरी , लहानका डिएस्पी कुमार प्रसाद मैनाली लगायत प्राविधिक शिक्षालयका शिक्षक समेतको सहभागीतामा भएको कार्यक्रममा मेयर चौधरीले प्राविधिक शिक्षालय लहानको ऐंना भएकोले यसका भौतिक पूर्वाधार विकास आवस्यक रहेको बताउनु भएको छ ।

कार्यक्रमको समापन सँगै प्रमुख जिल्ला अधिकारी , मेयर चौधरी र शिक्षालयका उच्च व्यक्तिहरूले शिक्षालयका पुस्तकालय लगायतका भौतिक संरचनाको स्थलगत अनुगमन गर्दै प्राविधिक शिक्षालयको भौतिक वातावरण अशल रहेको प्रमूख जिल्ला अधिकारी लाल बाबु कवाडी ज्यूले बताउनु भएको छ ।

शिक्षालयको जीर्ण भौतिक संरचनाको मर्मत सम्भारमा आफूले ध्यान केन्द्रित गरेको शिक्षालय प्रमुख राजेन्द्र प्रसाद चौधरीले बताउनुभयो ।

शिक्षालयको वातवरणीय पक्ष जे जस्तो भएपनि शिक्षालयमा बिधार्थी पहुंच बढाउन सडक मर्मत सम्भार गर्न एकातिर जरुरी देखिएको छ भने अर्कोतिर चर्को शुल्क घटाऊदा आम गरीब विद्यार्थीको पहुंच उक्त शिक्षालयमा बढ्ने देखिने भएकोले तत्काल ध्यानाकर्षण हुन जरुरी देखिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker