मिति:- १३ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

गिरिको पुर्ण कदको प्रतिमा अनावरण कार्यक्रमको संपूर्ण तयारी पूरा ।।।

सिरहाको लहान नगरपालिका वडा नं -14 स्थित प्रदीप गिरीको आश्रममा सम्माननीय प्रधानमन्त्री पुष्पकमल (प्रचण्ड) दाहालको प्रमुख आतिथ्यमा माननीय स्वर्गीय प्रदीप गिरिको प्रथम बार्षिकोत्सव समारोहमा गिरिको पुर्ण कदको प्रतिमा अनावरण हुने कार्यक्रमको संपूर्ण तयारी पूरा भएको बुझिएको छ ।

सितल साह, भदौ २१। सिरहाको लहान नगरपालिका वडा नं -१४ स्थित प्रदीप गिरीको आश्रममा सम्माननीय प्रधानमन्त्री पुष्पकमल (प्रचण्ड) दाहालको प्रमुख आतिथ्यमा माननीय स्वर्गीय प्रदीप गिरिको प्रथम बार्षिकोत्सव समारोहमा गिरिको पुर्ण कदको प्रतिमा अनावरण हुने कार्यक्रमको संपूर्ण तयारी पूरा भएको बुझिएको छ ।

कार्यक्रमको तयारीको लागि लहान न. पा. मेयर , उपमेयर, CDO, लगायतका सुरक्षा निकायका प्रमुखहरुद्वारा स्थलगत निरीक्षण गरिएको छ ।

भदौ २२ गते प्रदिप गिरीको आश्रम लहान -१४ मा प्रथम बार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा गिरीको पूर्णकदको शालिक अनावरण हुने कार्यक्रम तय भएको छ । निर्धारित कार्यक्रम अनुसार सम्पूर्ण तयारी पुरा भएको बताइएको छ ।

कार्यक्रममा आउनुहुने प्रधानमन्त्री सवार हेलिकोप्टर स्थानिय बस्तीपुर माविको परिसरमा अवतरणका लागि ठाउँ निक्षित भएको हो ।

प्रधानमन्त्री आउने भएपछि सिरहाका सुरुक्षा निकायद्वारा स्थलगत निरीक्षण गरिएको छ भने कार्यक्रमका लागि नेपाली कांग्रेस पार्टीका नेता तथा कार्यकर्ताहरु लगाएत जिल्लाका आम मानिसहरूको बाक्लो सहभागिता रहने आयोजकले जनाएको छ ।

लहान-१४ को खुट्टी खोलाको छेउमा गिरी २०४६ सालपछि बस्दै आउनु भएको ठाउँ जसलाई प्रदिप गिरीको आश्रम भनेर चिनिन्छ ।

२२ गते भदौ प्रधानमन्त्री प्रचण्ड स्वयम गिरी आश्रममा आउन लाग्नु भएको छ ।

समाजवादी चिन्तकका नेता गिरीले “सादा जीवन,उच्च विचार राख्नुहुने ” नेपाली राजनीतिक वृत्तमा सरल नेताको रूपमा चिनिन्छन ।

नेपाली कांग्रेस पार्टीका असल विश्लेषक समेत मानिने नेता गिरिको आश्रममा हुन लागेको कार्यक्रमलाई सकारात्मक रूपले हेरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker