मिति:- ४ बैशाख २०८१, मंगलवार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

बाइक पार्किङ स्थल बन्दै मालपोत कार्यालय ।।।

सिराहा जिल्लाको सदरमुकाम सिरहामा रहेको मालपोत कार्यालय परिसरमा बा

सितल साह साउन १८ । सिराहा जिल्लाको सदरमुकाम सिरहामा रहेको मालपोत कार्यालय परिसरमा बाइकको पार्किङ सहज भएको छ ।

सेवाग्राही देखि कर्मचारीसम्मको पार्किङ स्थलको रूपमा रहेको कार्यालय परिसरमा बाइकको चाप बढेपछि सेवा लिन आम जनतालाई हम्मे परेको सेवा ग्राहीहरु बताउँछन् ।

कार्यालय परिसरको अगाडि भागमा बाईक पार्किङ गरेर कार्यालयको काम एकातिर गरिन्छ भने अर्कोतिर कार्यालयको पछाडीको भागमा हिलो र फोहोर पानी जमेको अवस्था रहेको पाइन्छ । कार्यालयको दक्षिणी भागमा वनमारा घारी रहेको छ ।

कार्यालय परिसरको फोहोरले मालपोत कार्यालय परिसरमा वातावरण दुर्गन्धित रहेको छ तर पनि निकाय सरसफाई र ब्यबस्थापनप्रति बेखवर हुनु चिन्ताको विषय बनेको अवस्था रहेको देखिन्छ त्यसैले कार्यालय व्यवस्थापनमा ध्यान केन्द्रित गर्न आवश्यक भएकोले तत्काल ध्यानाकर्षण हुन जरुरी देखिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker