मिति:- ६ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचार

थारु भिडियो “चलते चलते ” को बेजोड प्रस्तुति अब बजारमा ।।।

भुपेन चौधरीको निर्देशन अभिषेक सेनको सह निर्देशन रहेको थारू जातिको भाषा र संस्कृतिको " चलते चलते" नामक थारु भिडियोमा क्यामेरा म्यानको भूमिकामा अशोक के परियार रहेका छन् भने मेकअपमा उषा चौधरी र प्रोडक्सन म्यानेजरको जिम्मा आशिष गुरुङको रहेको

सितल साह/साउन १७
भुपेन चौधरीको निर्देशन अभिषेक सेनको सह निर्देशन रहेको थारू जातिको भाषा र संस्कृतिको ” चलते चलते” नामक थारु भिडियोमा क्यामेरा म्यानको भूमिकामा अशोक के परियार रहेका छन् भने मेकअपमा उषा चौधरी र प्रोडक्सन म्यानेजरको जिम्मा आशिष गुरुङको रहेको छ ।

कला क्षेत्रको रङ्गकर्मीको रूपमा चर्चित भई स्वदेश तथा विदेशमा दर्शकहरुको मन जित्न सफल कलाकार निक्स शर्माले पहिलो पटक थारु भिडियो “चलते चलते” मा आफ्नो कलाको प्रदर्शन गरेका हुन् ।

थारु भिडियोमा मण्डला थिएटर काठमाडौमाबाट नाट्य कला मा पोख्त भई कला क्षेत्रका रहेका परासीका चर्चित कलाकार अनिल कुर्मीसमेतले थारु गीतमा आफ्नो कला प्रस्तुत गरेका छन् ।

थारू भिडियोको पर्दामा महिला कलाकार चन्द्रकला कटुवालको बेजोड प्रस्तुतिले गीतलाई रौनक थपनुका साथै नेपाली ,भोजपुरी ,थारु , हिन्दी भाषाको सर्ट फिल्म म्युजिक भिडियोमा अभिनय गरेका कलाकार रामजी प्रजापतिलाई पनि उक्त भिडियोमा देख्न पाइन्छ ।

सामाजिक मर्यादालाई मध्यनजर गर्दै बनाइएको यस भिडियोमा समाजमा घटिरहेको विभिन्न घटनाहरुलाई समेटेर कथाबस्तु तयार पारिएको हाे ।

यस भिडियोमा समाजिक मर्यादालाई कुण्ठित बनाउने यूवा युवतीको प्रेम प्रसंगलाई कोटयाइएको देखिन्छ । युवा युवतीको प्रेमाभ्यासले कुलतमा फसेर समाजलाई कसरी दुर्गन्धित बनाई रहेको छ र त्यसले समाजमा दिने पीडाका बारेमा कथा वस्तुमा वर्णन गरिएको पाइन्छ ।

आजभोलि समाजमा पीडाका कारण कुलतमा फस्ने,घर परिवारलाई डराउने धम्काउने लगायत अनाहकमा कतिपयले ज्यान गुमाउने समेत सामाजमा देख्न सकिन्छ ।

सामाजिक कुरितिबाट जोगिएर युवा युवतीलाई समस्यासंग मुकाबिला गरेर जीवन यापन गर्न सहजता महसुसकाे संदेश यस भिडियोको माध्यमबाट प्रस्तूत गरिएको
छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker