मिति:- ५ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorizedसमाचारस्थानीय खबर

सलहेसको बाटो खुलाउने नगरको पहिलाे वाडा अध्यक्ष अमित ठकुरी ।।।

सिराहा जिल्लाको विकट मानिएको धनगढीमाई १४ को सलहेस डाँडा स्थितका बस्तीहरू दलमे, पल्लार, मोतिध्री, गागन , अमले लगायतका बस्तीहरूबाट आम मानिसलाई नेपालको एकमात्र पूर्व पछिम लोकमार्ग अर्थात् महेन्द्र हाइवे पुग्नका लागी कठिन यात्रा तय गर्नू पर्ने वाध्यता रहेको छ ।

विनोद मण्डल छ चैत्र १० । सिराहा जिल्लाको विकट मानिएको धनगढीमाई १४ को सलहेस डाँडा स्थितका बस्तीहरू दलमे, पल्लार, मोतिध्री, गागन , अमले लगायतका बस्तीहरूबाट आम मानिसलाई नेपालको एकमात्र पूर्व पछिम लोकमार्ग अर्थात् महेन्द्र हाइवे पुग्नका लागी कठिन यात्रा तय गर्नू पर्ने वाध्यता रहेको छ ।

 

आम स्थानिय मानिसलाई हाट बजार किनमेल गर्नेका लागि उदयपुर जिल्लाको कटारी बजार नजिक पर्ने भएपनि बाटो घाटोको असुविधाको कारणले अन्धकारमा रुमलिएका बस्तीहरुमा सहज आवत जावत गर्नका लागी कटारी नगरपालिका वडा नं ५ का वाडा अध्यक्ष मोहन तामाङ्गसंग बाटो खोल्ने विषयमा धनगढीमाई १४ का वाडा अध्यक्ष अमित ठकुरीले एतिहासिक सम्झौता गरेर आम जनताको भावनालाई खुशीमा परिणत गरेका छन ।

 

टेलिफोन सम्पर्कमा कटारी नगरपालिकाका वाडा अध्यक्ष मोहन तामाङ्ग ज्यूले अन्तर प्रदेश व्यावसायिक लगायतका विषयलाई मध्यनजर गर्दै बाटो खोल्ने सम्झौता गरिएको बताउनु हुदै नगरको कार्यपालिका बैठकमा समेत लैजाने जानकारी दिनु भएको छ । साथै करिब ३ किलोमीटर सडक खोल्नका लागि आफूले कुनै कसुर बाकी नराख्ने भन्दै बनाउने प्रतिबद्धता जनाएका छन । भौगोलिक रूपमा विकट मानिएको सिरहाको बस्तीहरुमा खाने पानी,बिजुली ,बाटो अभाव भएको अवस्थामा आम जनताको वर्षौको ईच्छालाई पूरा गर्दै सिरहा र उदयपुर जोड्ने सिराहा जिल्लाकाे धनगढीमाई नगरपालिका वडा नं. १४ स्थिति सर्रे बस्ती हुँदै कटारी नगरपालिकाको वडा नं. ५ काे भाेर्ले बस्ती जाेड्नका लागि दुवै वडाकाे सिमानामा रहेकाे चुरे जंगलकाे सलहेस डाँडासम्म सडक ट्र्याक ल्याईसकेकाे अवस्थामा भाेर्ले सिरानदेखि करिब ३ कि.मि. दुरीको सिराहाको भूमिलाई जोड्नका लागि आपसी सम्झौता गरिएको छ ।

 

आम जनतालाई आवत जावतमा सहजता प्रदानको लागी उक्त सडकलाई पूर्ण रूपमा जाेड्नका लागि धनगढीमाई न.पा. वडा नं. १४ का वडा अध्यक्ष अमित ठकुरी ज्यू लगायत स्थानिय वडाबासीहरु र कटारी वडा नं. ५ का वडाबासीहरू बिच साेही स्थानमा व्यापक छलफल भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker