मिति:- ६ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

वैदेशिक रोजगारीमा गएको शाहको आरोप झुठा ।।।

धनगढीमाई नगरपालिकाको वार्ड न _३ बस्ने भोला शाहको छोरा विशनुदेब शाहले नेपाली बाईक लाईसेन्स लिएर बैदेशिक रोजगारीमा साउदी अरब पुगेका थिए ।

सितल साह,

साउन 12 । साउदी नेपाल मेनपावरका म्यानेजर सोम तामाङमार्फत होम डेलेभरी भिसामा जिल्ला सिरहा धनगढीमाई नगरपालिकाको वार्ड न _३ बस्ने भोला शाहको छोरा विशनुदेब शाहले नेपाली बाईक लाईसेन्स लिएर बैदेशिक रोजगारीमा साउदी अरब पुगेका थिए ।

करिब २५ दिनमा उक्त देशले गल्फ लाईसेन्स दिन्छ भनी मेनपावर कम्पनीले साउदी पठाएको थियो तर पठाएको उक्त देशमा पटक पटक लाइसेन्सको लागि परीक्षा दिँदा पास हुन सकेन ।

उक्त ड्राइभिङ लाइसेन्स उतिर्ण नभएपछि कामको अभावमा विचलित बनेका शाहले आफू अलपत्र परेको गुनासो गरेपछि मिति २०७९/०३/०६ गतेमा हाम्रो जनकपुरको एक पत्रिका मार्फत फोटो सहित गणेश कुमार कुसबहा भन्ने व्यक्तिले एउटा सामाचार प्रकाशन गरेको थियो जहाँ भनिएको थियाे जिल्ला सिरहा न,पा, धनगढीमाइ वाड्न न _ ११ आम चौक बस्ने विनोद कुमार दास लाई एजेन्टको रूपमा व्याख्या गर्दै उनलाई मुख्य आरोपित बनाएर सामाचार आएपछि पीडित दासले समस्याको खोजतलास गर्दै जाँदा बिष्णु देव शाहका काकाले विनोद दास निर्दोष रहेको बताउनु भएको छ ।

बिष्णु देव शाहको काका भोगेन्द्र कुमार शाह संग बुझ्दा विनोद कुमार दासको यसमा कुनै किसिमको सँगलनता नरहेको भिडियोमार्फत जानकारी दिनुभयो ।

उनले अझै थप्दै भने विनोद कुमार दासको सल्लाह मुताबिक उक्त मेनपावर बाट गएको हुनाले संख्याको घेरामा हेरिएको मात्र हो ।

वैदेशिक रोजगारीमा पठाउने काम बिष्णु देवको काका भोगेन्द्र साहले अभिभावकको रूपमा रकम लेनदेनको काम मेनपावरमा आफैं गएर गरेको कबुल गरेको अवस्था रहेकाे छ ।यता बिष्णु देव शाह अहिले वैदेशिक रोजगारी बाट फर्केर घर आएको छ अवस्था रहेको छ ।

नेपाल फर्किएपछि मेन पावरसंग रकम फिर्ताको लागि पीडित शाहले आम सवै संग अाग्रह समेत गर्नु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker