मिति:- ५ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
खेलकुदपत्रपत्रिकासमाचार

माल्दिभ्सलाई ४-० ले हराउँदै नेपालको सानदार सुरुवात

नेपालले साफ यू-२० च्याम्पियनसिपमा सोमबार सानदार विजयी सुरुवात गरेको छ ।

नेपालले साफ यू-२० च्याम्पियनसिपमा सोमबार सानदार विजयी सुरुवात गरेको छ ।

भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा सोमबार उद्घाटन खेलमा माल्दिभ्सविरूद्ध नेपाल ४–० ले विजयी भयो । नेपालका लागि दिपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे । ४२ औं मिनेटमा दिपेश गुरुङले गोल गरेपछि नेपालले पहिलो हाफमा अग्रता बनाएको हो ।

कप्तान आयुष घलानको फ्रि-किक माल्दिभ्सका गोलकिपर सैहन अलीले पन्च गर्दै क्लियर गरेका थिए। त्यहिँ बल नियन्त्रणमा लिदै दिपेशले करिब ३४ यार्डबाट उत्कृष्ट गोल गरे।

दोस्रो हाफमा नेपालले थप दुई गोल गर्यो । खेलको ५८ औं मिनेटमा सुगमले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए । खेलको ६२ औं मिनेटमा कृतिसले पेनाल्टीमा गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाए ।

माल्दिभ्सका डिफेन्डरले कप्तान आयुसलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । जसमा कृतिस चुकेनन् । त्यसपछि खेलको इन्जुरी समयमा मनग्यले गोल गर्दै नेपाललाई ४-० को फराकिलो जित दिलाए ।

जितसँगै नेपालले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । अब नेपालले दोस्रो खेलमा श्रीलंकासँग बुधबार खेल्नेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker