मिति:- २६ श्रावण २०७९, बिहीबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
मुख्य-समाचारशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

नवजात शिशुको उपचारमा नि शुल्क वजेट ।।।

सरकारको चालु आर्थिक वर्ष ०७९/८० मा नवजात शिशुको उपचारमा सेवा पूराउने उद्देश्यका साथ निःशुल्क उपचार प्रक्रिया अगाडी बढाएको छ ।


सितल साह, साउन ८ । नेपाल सरकारले नवजात शिशुको उपचारमा सहुलियत प्रदानको निर्णय गरेका छन् ।

सरकारको चालु आर्थिक वर्ष ०७९/८० मा नवजात शिशुको उपचारमा सेवा पूराउने उद्देश्यका साथ निःशुल्क उपचार प्रक्रिया अगाडी बढाएको छ ।

स्थानिय तह अन्तर्गत रहेका करिव २९ अस्पताललाई १ करोड २० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

स्थानीय तह अन्तर्गत रहेका करिब २९ अस्पतालहरुमा नवजात शिशुको निःशुल्क उपचार गर्न बजेट प्रदान गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको स्थानीय तह कार्यक्रम निर्देशनमा निःशुल्क नवजात शिशु शोध भर्ना कार्यक्रममार्फत उक्त बजेट बिनियोजन गरिएको हो । नवजात शिशुका रुपमा निःशुल्क उपचार गर्नका लागि देशभरका २९ स्थानीय तहका २९ अस्पतालले उक्त रकम पाएका हुन् ।

 

बजेट प्राप्त गरेका अस्पतालहरुले २८ दिनसम्मका नवजात शिशुलाई निःशुल्क उपचारमा सहयोग गर्नुपर्ने हुन्छ । उपचारमा ल्याब, जाँच, भर्ना लगायतका सेवाहरु निःशुल्क हुँने मन्त्रालयले जनाएको छ ।


Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button