मिति:- ७ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
दुर्घटनामुख्य-समाचारसमाचारस्थानीय खबर

सवारी दुर्घनामा परी एक बालिकाको मृत्यू ।।।

उपचारको क्रममा करीब ४ बजेको समयमा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सितल साह,साउन ७ । सिराहाको कर्जनहा नगरपालिका वडा नं ३ स्थित पूर्व पश्चिम राजमार्गको पछिमबाट पूर्व तर्फ जाँदै गरेको प्र.२-०१-००१ च ०३२७ नं.को पिकअप भ्यानले बाटो क्रस गर्ने क्रममा तत्काल नाम थर वतन नखुलेको अन्दाजी करीब.१३/१४ बर्षकी एक बालिकालाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते बालिकालाई तत्काल उपचारको लागी स्थानिय फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हा लगिएको थियो ।उपचारको क्रममा करीब ४ बजेको समयमा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको छानबिन गर्न प्र.ना.उ हरि बहादुर वली लगाएतको टोली खटी गई लाशजाँच प्रकृती मुचुल्का लगाएतको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरि लाश पोष्टमार्टमको लागि रा.उ.स्मारक अस्पताल लहान पठाई लाश शव गृहमा ‍सुरक्षित राखिएको प्रहरीले जनाएको छ ।

मृतक लाशकाे सनाखत गराउनु पर्ने भएकोले बालिकाको लिखित तथा मौखिक कुनै जानकारी प्राप्त भएको भए सम्बन्धित व्यक्तिलाई प्रहरी कार्यालयमा मिर्चैया वा यस कार्यालयको सम्पर्क नं.९८५२८९००४२ मा सम्पर्क राख्ने गरी पठाईदिन मिर्चैया प्रहरीले अनुरोध गरेकाे छ ।
हुलियाः-
सेतो कुर्ता,निलो आकाशे रंगको सुरुवाल लगाएकी,उचाई अं. ५ फिट भएकी,नामथर वतन नखुलेकी हेर्दा अं.बर्ष १३/१४ कि बालिका ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker