मिति:- ५ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

घर भत्किएकि लहान २४ का एकल महिलालाईराहत बितरण

लहान २४ कि एकल महिला ललिता राय लाई जिल्ला समन्वय समिति र लहान उपमेयरकाे पहलमा नेपाल रेडक्रस द्वारा राहत सामग्री बितरन गरेका छन।

सितल साह साउन २ लहान

जिल्ला समन्वय समिति सिरहाको पहलमा रेकर्ड क्रसको आर्थिक सहयोग र लहान नगरपालिकाको सहकार्य गरेर लहान  २४ गोबिन्दपुरका असहाय एकल महिला वैदेशिक रोजगारमा श्रीमान गुमाएका ललिता राय लाई राहत सहयोग गरेका छन्

लहान २४ गाेबिन्द्पुर का एकल महिला ललिता रायको फुससको घरलाई केहि महिना अगाडी आएको हुरीबतास,लगातारकाे बर्षाले घर भत्किएका थिए।श्रीमानको केही बर्ष अगाडि नै बैदेशिक राजगारकाे क्रम कतारमा मृत्यु भएकाे थियाे।शोकमा डुबेका ललिता रायलाई हुरीबतासले घर भतकाएर पछि थप चिन्ता थपिएका छन्। दुई सन्तान सहित ३ जानाकाे परिबार रहेकि राय निकै पिडामा छिन।एक छाेरि एक छाेरा र अाफु रहेका छन।गत बर्ष नै छाेरिकाे बिहे गर्दा भए भरकाे रुपैया बिहेमा नै खर्च भएकाे र थप ऋण लिएर छाेरि बिबाह गरेकाे पीडा पाेखिरहेकी छिन

जिल्ला समन्वय समितिका सभापति दिनेश महतो पहलमा नेपाल रेडक्रस द्वारा  आर्थिक सहयोग र लहान नगरपालिका उपमेयर रामचलितर महताे संग सहकार्य गरेर लहान  २४ गोबिन्दपुरका असहाय एकल महिला वैदेशिक रोजगारमा श्रीमान गुमाएका ललिता राय लाई राहत स्वरुप विभिन्न सामग्रीहरु सहयोग गरेका छन्।

राहत बितरणकाे लागि जिल्ला समन्वय समिति का उपसभापति दिलिप लामा लहान नगरपालिकाका उप- मेयर राम चलितर महतोलहान २४ का वाडा अध्यक्ष रासलाल राय,जसपा नेत्री ललिता दास बिद्रोही,नेता रामु महतो,सुभक यादव,बलिराम यादव,पत्रकार देवराज पोखरेल, महेश सिंह महतो,बिरेन्द्र यादव लगायतका  स्थानीय नेता तथा कार्यकर्ताहरुकाे सहभागितामा घरमै अाएर  राहत वितरण गरीएका छन्।

लहान २४का वडा अध्यक्ष रायले लहान न पा ले बितरन गर्ने चदरा (जस्ता ) यस्तै पिडितले पाउनु पर्ने कुरा थपेका छन ।पिडित महिला रायले राहत पाएपछि अहिले सम्म अाफुले कसैले कुनै किसिमकाे राहतहरु उपलब्ध नगराएकाे गुनासो पाेख्दै अहिले राहत पाएपछि खुसि महसुस भएकाे छ भन्नु भयाे। र घर बनाउन थप राहत चदरा (जस्ता )उपलब्ध गराई दिनु भनेर र पिडित महिलाले उपमेयरसंग आग्रह गर्नु भयाे।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker