मिति:- २६ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorized

घामपानीसँग सङ्घर्ष गर्दै अमित ठकुरी ।।।।

भौगोलिक रूपमा विकट मानिएको सिरहाको धनगढीमाई १४ मा रहेको मुख्य सडकको मर्मत सम्भारमा घामपानी केही नभनी वडा अध्यक्ष अमित ठकुरी यतिबेला आफै खटिन थालेका छन् ।

 

शीतल शाह आषाढ़ ३१ । भौगोलिक रूपमा विकट मानिएको सिरहाको धनगढीमाई १४ मा रहेको मुख्य सडकको मर्मत सम्भारमा घामपानी केही नभनी वडा अध्यक्ष अमित ठकुरी यतिबेला आफै खटिन थालेका छन् ।

पूर्व पश्चिम राजमार्गको करिव १२ किलोमीटर दुरी देखि शुरू हुने आफ्नो वडाको मुख्य एक मात्र सडक हातिधुँगा जीरोमाईल सडकको मर्मत सम्भारमा यतिबेला अध्यक्ष आफै उपस्थित भएर भत्किएको ठाउँहरूमा जेसिवि लगाएर बाटो मर्मत गरिरहेका छन् ।

सडकमा सामान्य वर्षा हुँदा पनि आवात जावतमा कठिनाई उत्पन्न भएर बारम्वार सास्ती भोग्दै आएका स्थानियको चाहना बमोजिम काम हुन् थालेपछि स्थानियहरुलाई सहज भएको छ ।
सडकको बाझि गाछि एरियामा बारम्बार वर्षाले सडक भत्काउँदा विगत लामो समयदेखि आवत जावतमा कठिनाई उत्पन्न भइरहेको अवस्थामा उक्त बाटोको मर्मत पटक पटक भइरहने हुँदा यति बेला जनताको सास्ती कम भएको हो ।

सडकको हाथीढुङ्गा छेउमा समेत मर्मत भएकोले यतिबेला सवारी साधनहरु गुड्न थालेका छन् । ” आफू जनताको कामको लागि निर्वाचित भएकोले जनताको काम गर्न आफूलाई घामपानीले नछेक्ने अध्यक्ष अमित ठकुरी ज्यूले बताउनु भएको छ ”

टनटलापुर घाममा बिहान करिव ७ बजेदेखि टोल बस्तीमा आफै पुगेर सडकको मर्मत सम्भारमा खटिएका अध्यक्षले आफूले जनताको समस्या समाधान र पहिचानमा लागिरहने समेत बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker