मिति:- १३ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
पत्रपत्रिकामुख्य-समाचारसमाचारस्थानीय खबर

उपेन्द्र यादवसंग उपनिर्वाचन हारेका शिबचन्द्र कुशवाहा जनमत पार्टीबाट नक आउट।।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विरुद्ध उपनिर्वाचनमा लडेका शिवचन्द्र कुशवाहा साधारण सदस्य समेत नरहने गरि कारबाहीमा परेका छन् ।

जनता खबर, साउन ४ , सिरहा  । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विरुद्ध उपनिर्वाचनमा लडेका शिवचन्द्र कुशवाहा साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेका छन् ।

उपनिर्वाचनको सङ्घारमा नेकपा माओवादी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेर उम्मेदवार भएका कुशवाहा अनुशासनको कारबाहीमा परेका हुन् । उनी बारा–२ मा जनमतबाट उम्मेदवार थिए ।

जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख दिपककुमार शाहले जारी गरेको प्रेस विज्ञप्ति अनुसार कुशवाहालाई पार्टी विरोधी गतिविधि तथा नेतृत्वको विरोधमा विभिन्न क्रियाकलापमा संलग्न भएको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker