मिति:- ७ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

बिधुत प्राधिकरण लहान द्वारा किसानलाई सास्ती

नेपाल विधुत प्राधिकरण वितरण केन्द्र लहानले मंगलबार ३४ थान पानी मोटर पम्प समातेर किसानलाई दु:ख दिने गरेको गुनासाे कृषकले गरेका छन।

सितल साह,साउन ४ लहान । सिरहाको लहानस्थित नेपाल विधुत प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख जितेन्द्र यादवको काम कर्तुत आफैंमा लज्जास्पद र अशोभनीय रहेको देखिन्छ । आकाशे पानी नपर्दा किसान दु:खी र चिन्तित भएका छन। नेपाल विधुत प्राधिकरणका हाकिमले किसानलाई यतिबेला सताउने सास्ती हुने काममात्र गरेको पाइएको छ। खेतमा पानी पटाउँदै गरेको अवस्थामा मंगलबार ३४ वटा मोटर समातेका छन। यो देखेर सिरहाका किसान आक्रोशित बनेका थियोे । नेपाल विधुत प्राधिकरण लहानका प्रमुख जितेन्द्र यादव किसानलाई समयमा कृषि मिटर नदिइपछि बाध्य भएर हुकिङ्ग गरि मोटर ( पानी पम्प ) चलाइरहेका पिडितहरुले गुनासो गरेका छन। पिडित किसानहरूको समुहका अनुसार घुस खाएर तुरुन्त मिटर दिने गरेको बताइएको छ। घुस नदिइएपछि नयाँ कृषि मिटर दिन आनाकानी गरेकोे बताए ।

नेपाल विधुत प्राधिकरण वितरण केन्द्र लहानले मंगलबार ३४ थान पानी मोटर पम्प समातेर किसानलाई दु:ख दिने गरेको अनुमान लगाउन सकिन्छ । नेपाल कृषि प्रधान देश, कागजमा मात्र सिमित रहेको सर्वविदित्तै छ। तर पनि, आकाशे पानी नपर्दा किसानहरु यतिबेला चिन्तित बनेको अवस्था छ। किसान खेतीपातीको काम सिध्याउन मोटरपम्प प्रयोग गर्दा नेपाल विधुत प्राधिकरण लहानका प्रमुख जितेन्द्र यादवले निर्दयी तरिकाबाट मोटरपम्प र मानिस समेतलाई कर्मचारी, प्रहरी प्रयोगगरि सास्ती दिने गरेको र किसानको समस्या नबुझेको देखिन्छ । समातेका सम्पूर्ण पानी मोटर पम्पहरुलाई मनमानी र पहुँचको आधारमा गोप्य तरिकाबाट बिक्रीवितरण र कार्यालयको कर्मचारीहरुको सेटिङ्गमा घर लग्ने गरेकोे खुलेको छ। कतिपय सेवाग्राहीका अनुसार यस विधुत कार्यालयमा व्यापक अनियमितता भइरहेको दाबी गरे। ठुालालाई चैन सानालाई बेचैन मात्र देखिएको छ र प्रसंग यही रहेको ठहर गरेका छन।

यतिबेला किसान समस्याले ग्रसित छन। समस्या बुझ्ने कोही पनि छैन । नेपाल विधुत प्राधिकरण , कृषि सामाग्री , साल्ट ट्रेडिङ लगायत स्थानीय सरकार पनि हचुवामा निर्भर देखिन्छ । यो सँगै ‘मानवता’ भन्ने शब्द पदीय व्यक्तिलाई हुदैन । यही अनुरुप प्रमुख जितेन्द्र यादव पनि एक हो । पदको सदुपयोग गर्ने कम भेटिन्छ तर दुरुपयोग गर्ने धेरै भेटिन्छ । अहिले प्रयाप्त पानी नपर्दा किसानको खेतमा “चिराचिरा ” परेको अवस्था देखिन्छ । खेतमा पानी नहुँदा घाँस-भुसाले भरिदै गइरहेको छ। धान सुक्दै, मौलाउदै गइरहेको छ। किसानलाई तर्साउने, दुख , यातना , पीडा दिने जो कोही व्यक्ति अपराधी हुने भएकोले यस्ता कार्यालय प्रमुख जितेन्द्र यादवलाई कार्वाही हुनुपर्ने सरोकारवालासँग माँग गरेका छन। आज पिडितहरुको एक समुहसँगको भेटघाटमा ती समुहका अनुसार मंगलबार समातेका ३४ थान (पानी मोटर पम्प ) नि:शुल्क नदिइए कार्यालय विरुद्धमा उत्रिने बताएका छन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker