मिति:- १३ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधमुख्य-समाचारसमाचारस्थानीय खबर

पत्रकार बराईली माथि जर्घाले गरे होटल भित्र दुरब्यबहार ।।।

पत्रकारिता जगतलाई बद्नाम हुने गरी एक होटल भित्र पत्रकारले पत्रकारलाई नै बल र तागतको धम्की दिँदै शक्ति प्रदर्शन गरेका छन ।

विनोद मण्डल, असाेज १८ । पत्रकारिता जगतलाई बद्नाम हुने गरी एक होटल भित्र पत्रकारले पत्रकारलाई नै बल र तागतको धम्की दिँदै शक्ति प्रदर्शन गरेका छन ।

सिरहाको लहान स्थित पूर्व पश्चिम राजमार्गको उत्तरतर्फ रहेको कान्छा होटलमा स्थानिय पत्रकारसँग सम सामायिक विषय वस्तुमा कुराकानी भइरहेको अवस्थामा मदिराले लठ्ठ भएर उक्त होटलमा पुगेका सिरहाका पत्रकार भरत जर्घा मगरले जनआस्था साप्ताहिकका पत्रकार सन्तोष बराईलीमाथि दुव्र्यवहार गरेको छ ।

होटल भित्र पुगेका जर्घाले बराईलीलाई बेमौसमी कुरा झिकेर दादागिरी शैलीमा निहुँ खोज्दै पटक पटक पैसाको गड्डी खाजा राखिएको टेबुलमा पछार्दै , यो ५० हजार हो, यस्ता मूला पैसा हामीसँग पनि फालाफाल छ , भनेर विभिन्न प्रसङ्ग निकाल्न थालेपछि असहज महसुस गरेका बराईली होटलको बिल तिरेर वाहिरीन खोज्दा जर्घाले आफूलाई रोक्दै गाली गरेको बराईलीले बताए ।

प्रेस चौतारी नेपालका निवर्तमान केन्द्रीय सदस्य समेत रहेका बराईली नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाका पूर्व बोर्ड सदस्य पनि हुन ।

पत्रकार बराईली उपर भएको दुव्र्यवहार सम्पूर्ण संचारकर्मी माथिको आक्रमण भएको नेपाल पत्रकार महासंघ सिराहा शाखाले ठहर गर्दै घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सम्वन्धित निकायसँग जोड्दार माँग समेत गरेको छ ।

सिरहामा पत्रकार माथि भइरहेको प्रेस स्वतन्त्रता बिरोधी गतिविधि उपर गम्भीर ध्यानाकर्षण गराउदै पत्रकारलाई स्वतन्त्रतापुर्वक बाँच्न र लेख्न दिने संबैधानिक अधिकारको रक्षाका लागि सम्बन्धित निकायलाई नेपाल पत्रकार महासंघ सिराहा शाखाले अनुरोध समेत गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker